खेल पर्यटनलाई सरकारको प्राथमिकतामा राख्नेछ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं ! विश्व खेलकुद पत्रकार दिवसका अवसरमा शनिबार नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नवनियुक्त  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले खेलकुद पर्यटनलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् ।

कार्यक्रममा मन्त्री श्रेष्ठले आफ्नो मन्त्रालयले घोषणा गर्ने योजनामा खेलकुद पर्यटनलाई समेत समावेश गर्ने प्रतिबद्धता जनाए ।  अहिले चुनावी सरकार भएका कारण आफ्नो कार्यकाल पनि कम भएकाले गर्दा केही सुरुवात गरेर जाने र त्यसलाई पछि आउने अरुले पनि अघि बढाओस् भन्ने सोचेको मन्त्री श्रेष्ठको भनाई छ ।

साथै पर्यटन मन्त्रालयले घोषणा गर्ने योजनामा खेलकुद पर्यटनलाई समावेश गर्ने पनि मन्त्री श्रेष्ठले बताए । शाहसीक खेल पर्यटनमा मन्त्रालयले काम गर्ने भएपनि अन्य पर्यटनसँग सम्बन्धित खेलकुदमा काम गर्ने जिम्मेवार निकाय खेलकुद मन्त्रालय रहेको श्रेष्ठको जिकिर छ ।

स्पोर्टस टुरिजममा एउटा शाहसीक स्पोर्टस टुरिजम पनि रहेको हुदा अर्को एमेच्योर स्पोर्टसको नेतृत्व खेलकुद मन्त्रालयले गर्नुपर्ने र खेलकुद मन्त्रीसँग समन्वय गर्ने र सहकार्य गर्ने काम गर्ने मन्त्री श्रेष्ठले बताए । उनले कोभिडले थला परेको पर्यटन क्षेत्रका विविध विषयलाई केन्द्रमा राखेर अघि बढ्ने तयारीमा आफु रहेको बताए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका श्रेष्ठले संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *