सरकारले मल ल्याउँछु भन्दै किसानलाई ढाँटिरहेको पूर्व कृषिमन्त्री अर्यालको आरोप

काठमाडौं ! पुर्वमन्त्री एवं एमालेकी सचीव पद्माकुमारी अर्यालले सरकारले मल ल्याउँछु भन्दै किसानलाई ढाँटिरहेको बताउनु भएको छ ।

आज शनिवार संसदको नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले भन्नुभयो,  ‘सबै ठेक्का रद्द भएको छ । मल आउने सम्भावना छैन तर सरकारले नीति तथा कार्यक्रममा भने मलको सुनिश्चितता गर्ने भनेर किसानलाई ढाँटिरहेको छ ।’

सरकारले मल आउने आधार नै तय नगरी किसानलाई किन ढाँटेको भन्दै शनिवार संसदमा बोल्ने क्रममा उहाँले सरकारलाई प्रश्न गर्नुभएको छ।
पूर्व कृषिमन्त्रीसमेत रहनु भएकी उहाँले ६५ प्रतिशत किसान लाभान्वित हुने र किसानलाई आवश्यक पर्ने मल सरकारले दिन नसकेको पनि बताउनु भयो।

वार्षिक साढे १३ लाख मेट्रिकटन मल नेपाललाई आवश्यक पर्ने तर सरकारले खेती किसानी लगाउने बेला मल अभाव गर्ने गरेको पनि उहाँको आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *