कानुनमन्त्रीमा गोविन्द बन्दी नियुक्त

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी)लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाउनु भएको छ। प्रधानमन्त्री देउवाले बिहीबार गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बन्दीलाई कानुन मन्त्रीमा नियुक्त गर्नुभएको जनाइएको छ ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार मन्त्री बन्दीको शपथ बिहीबार दिउँसो नै गर्ने तयारी रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् । आफुलाई प्रधानमन्त्री बनाउन भुमिका खेल्ने कोइरालालाई प्रधानमन्त्रीले मन्त्रीमा नियुक्त गर्नुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *