आफू आएर निगमका जाहज धेरै समय उड्ने बनाएँ : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका जहाजलाई अधिकतम समय उडाउने काम गरेको दाबी गर्नुभएको छ । पहिले ४ देखि ५ घण्टा उडान गर्ने निगमको जहाजले अब १० देखि १३ घण्टासम्म उडान गर्न लागेको बताउनु भयो।

आज बुधबार नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टूर एजेन्ट्स (नाट्टा)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले खतरायुक्त सामग्री ल्याउने सर्टिफिकेट पनि नेपाल एयरलाइन्सले प्राप्त गरेको बताउनु भयो ।

‘जहाजहरु अहिले ग्राउन्डेड होइन, अधिकतम समय आकासमा उडाउने काम भएको छ ।’-उहाँले भन्नुभयो।

उनले नेपाल एयरलाइन्सले दिल्लीमा दैनिक दुई उडान गर्न लागिएको भन्दै अन्य गन्तव्य समेत उडान विस्तार हुने क्रममा रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *