बिम्सेटेक सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का कोलम्बोमा

काठमाडौं ! बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिम्सटेक)को सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खडका श्रीलंका पुग्नुभएको छ।

औपचारिक रुपमा बुधबारबाट सुरु हुने बिमेस्टेक सम्मेलन उद्घा‍टन अघि मंगलबार आयोजना गरिएको विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुनका लागि मन्त्री खड्का कोलोम्बो पुग्नुभएको हो ।

बिम्सटेकमा नेपालसहित भारत, श्रीलंका बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्यको रुपमा छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल रुपमा सम्बाेधन गर्ने उक्त सम्मेलनको अध्यक्षता श्रीलंकाले गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *