अहिले देशमा व्याप्त महँगी हाम्रो नियन्त्रण बाहिर छ : मन्त्री झाक्री

काठमाडौं ! सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अहिले महँगी आफूहरुको नियन्त्रण बाहिर रहेको बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै उहाँले विश्व बजारमा आएको अर्थतन्त्र मन्दीका कारण महँगी नियन्त्रण नेपालको हातमा मात्र नरहेको बताउनु भयो ।

‘आजको महँगी हाम्रो नियन्त्रणमा छैन । आज विश्व बजारमा आएको अर्थतन्त्रको मन्दीचैँ सायद रसिया–युक्रेनको युद्ध मात्र छैन । खाडी मुलुकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनु र भारतीय मुद्राको अवमूल्यन हुनु र त्यसको प्रभावमा नेपालले डलरको मूल्य अत्यधिक तिर्नु पर्ने चापको कारणले महँगी बढेको हो,’ उहाँले भन्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *