सञ्चारमन्त्री कार्कीको सुरक्षा बढाइयो

काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइएको छ । आइतबार सञ्चार मन्त्री कार्कीले अर्थमन्त्रीको तर्फबाट प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गरेका थिए । त्यसपछि उनको सुरक्षा बढाईएको हो ।

उनको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडी सहित थप सुरक्षाकर्मी परिचालन गरेको छ । उनको निजी सुरक्षा अधिकृतमा यसअघि दुई जना प्रहरी नायव निरीक्षक (सई( खटाइएको थियो । कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी गरेका थिए । एमसीसीको विरोध गर्नेहरूले आक्रमण गर्न सक्ने भएकाले सुरक्षा बढाइएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *