केपी ओली बालुवाटारमा भए पनि बालकोटमा भएपनि सधैं सिंह जस्तै : पुर्वमन्त्री महेश बस्नेत

काठमाडौं – पुर्वमन्त्री एवं नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले पार्टीका अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा भए पनि बालकोटमा भएपनि सिंह नै भएको बताउनु भएको छ । उहाँले अध्यक्ष ओली सिंह भएकाले सिंहदरबारमा नजाने र सिंह जहाँ बस्यो सिंहदरबार त्यही आउँने पनि जिकिर गर्नुभयो ।

अहिले आमजनताले केपी ओली खोजीरहेको
भन्दै उहाँले ओलीकै पालामा नेपालमा पूर्वाधारको बिकाश ब्यापक ढंगले अगाडि बढेको बताउनुभयो।

अध्यक्ष ओलीले नेपालमा विकाशको छबि बनाएको भन्दै उहाँले भन्नुभयो – “मैले भन्ने गरेको छु, हामी फिल्डमा छौं, किनकी हामी काम गर्छौं । जसले काम गर्दैन ।जसले टिप्पणी गरेर हाम्रो समय खेर फाल्छ । हामीले विकाशमा ऐक्यबद्दता, चुनाबमा प्रतिस्पर्धा भनेका थियौं । त्यो ऐक्यबद्दतामा हामीहरुले हात दिइरहदा, हात नदिनेहरुसँग हामिले ऐक्यबद्दता नगर्ने शक्तिहरु, मलाई जहाँसम्म लाग्छ, उनीहरु डिलमा बसेर कुनाकाप्चामा बसेर हाम्रो टिप्पणी गरिरहेका होलान् । फिल्ड हामीसँग छ । जनताले हामिलाई विश्वास गर्नुभएको छ । हामिले जनताको मन जितेका छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *