वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ : मन्त्री आले

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी २०७९ साल बैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताउनुभएको छ ।

आज शनिबार विमानस्थलको अनुगमन तथा निरीक्षणका लागि भैरहवा पुग्नु भएका मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई सहज हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने तयारीमा छौँ, अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई हसज हुने छ ।”

यसैगरी मन्त्री आलेले भारतसँग सिधा रुट अनुमती लिनका लागि लिमा ६२६ का विषयमा पहल भइरहेको जानकारी पनि दिनुभयो । केही महिना पहिले आफू भारत भ्रमणका गएको समयमा त्यहाँका नागरिक उड्डयनमन्त्रीसँग आफूले रुट अनुमतीका विषयमा कुरा गरेको र त्यस विषयमा नागरिक उड्डयनमन्त्री सकारात्मक देखिनु भएकाले याे समस्या चाँडै समाधान हुने मन्त्री आलेले जानकारी दिनुभयो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल देशको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भए काठमाण्डौको एअर-ट्राफिकको समस्या पनि समाधान हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *