मन्त्री आलेद्धारा शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं ! संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनुभएको छ । छातीको समस्याले ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेका जोशीलाई आज बिहिबार मन्त्री आलेले भेट्नु भइ स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जोशीको उपचारको सम्पूर्ण खर्च व्यहोरि रहेको भएपनि अस्पताल प्रशासनलाइ मन्त्री आलेले उहाँको उपचारमा आफुले सहयोग गर्ने अस्पताल प्रशासनलाई इच्छा जाहेर गरेको उहाँका स्वकीय सचिब हेमन्त रेग्मीले जानकारी दिनुभयो । केही दिनअघिदेखि बिरामी भई अस्पतालमा उपचार गराइरहुनभएका जोशीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले जानकारी दिनुभयो । यसैगरी मन्त्री आलेले जोशी जिउँदो इतिहास भएको भन्दै उहाँको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभयो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई यही माघ २५ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको उहाँका घरपरिवारले जनाएका छन् । उहाँलाई सुरुमा निमोनिया देखिए पनि कोभिड परीक्षणमा भने नेगेटिभ पाइएको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ ।                                             

Leave a Reply

Your email address will not be published. Required fields are marked *