चुनावका लागि ५० अर्ब रुपैयाँ बजेट माग भएकाे छ : अर्थमन्त्री शर्मा

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटमा चुनावका लागि विनियोजन गरिएभन्दा पाँच गुणा बढी रकम माग भएकाले मन्त्रालय दबाबमा परेको बताउनुभएकाे छ ।

आज बिहीवार अर्थ मन्त्रालयमा चालु आर्थिक वर्षकाे बजेटको अर्धवार्षिक समीक्षा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै उहाँले सरकारकले चालु आर्थिक वर्षको बजेटमा १० अर्ब रुपैयाँ छुट्याएको भए पनि माग भने ५० अर्ब रुपैयाँको आएको बताउनुभएकाे हाे ।

कार्यक्रममा अर्थ मन्त्री शर्माले चालु आर्थिक वर्षको बजेट आकार ८६ अर्ब रुपैयाँले घटाएको बताउनुभयाे ।  चालु आर्थिक वर्षमा सरकारले अघिल्लो सरकारले ल्याएको बजेट घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँकाे प्रतिस्थापन बजेट ल्याएको थियो । सरकारले अर्धवार्षिक समीक्षा गर्दै ८६ अर्बले घटाएर १५ खर्ब ४६ अर्ब रुपैयाँमा झारेको उहाँले उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *