स्वास्थ्य मन्त्रीद्वारा शताब्दी पुरुषको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनुभएको छ ।

ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर उहाँले केही दिनअघिदेखि बिरामी भई अस्पतालमा उपचार गराइरहुनभएका जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

सो अवसरमा मन्त्री खतिवडाले उहाँको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो । मन्त्री खतिवडाले जोशी जिउँदो इतिहास भएको भन्दै उहाँको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *