मन्त्री आलेको अर्को एक्सन : सरकारलाई करोडौं रोयल्टी नतिर्ने होटल याक एण्ड यतिलाई कारबाही

काठमाडौं ! लामो समयदेखि सरकारलाई रोयल्टी नतिर्ने याक एण्ड यति होटललाई सरकारले कारबाही गरेको छ। होटलले क्यासिनो संचालन गरेबापत लामो समयबाट रोयल्टी तिरेको थिएन। संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त रोयल्टी तिर्न बारम्बार ताकेता गर्दापनि होटलले नबुझाएपछि हिजो २५ गतेको मन्त्रीस्तरिय निर्णयबाट होटल याक यण्ड यतिलाई कारबाही गरिएको हो।

पछिल्लो समय मन्त्री आलेले आफ्नो मन्त्रालय सम्बद्ध निकायलाई चुस्तदुरुस्त राख्न निकै प्रयासरत हुनुहुन्छ। मन्त्रालय मातहतमा देखिएका बेतिथी र भ्रस्टाचारहरुलाई उजागर गरि आम जनमानसमा सुसूचित पार्नुभएको छ। बतास समुहले नारायणहिटी दरबारमा नियम विपरित रेस्टुरेन्ट निर्माण गरेको काण्ड होस् वा धर्मशालामा होटल सम्बन्धि बिसय होस्,जनभावना विपरित रहेका यी अनियमितता विरुद्ध एक्सनमा उत्रीदै आउनुभएका मन्त्री आलेले क्यासिनो संचालन मार्फत सरकारलाई बुझाउनु पर्ने रोयल्टी नतिर्ने यस्ता होटललाई कारवाही गरिएकोमा उहाँको लोकप्रियता अझै बढ्ने देखिएको छ।

होटल याक एण्ड यतिले बयालिस करोड पच्चिस लाख अठसठ्ठी हजार दुई सय त्रिपन्न रुपैयाँ सरकारलाई रोयल्टी बुझाउन बाकी रहेको जनाइएको छ। मन्त्रालयले बारम्बार ताकेता गर्दा समेत उक्त रकम बुझाउन कुनै तदारुकता नदेखाएकोले होटल याक एण्ड यतिलाई मन्त्रालयले कारबाही गरेको हो।
मन्त्रालयले याक एण्ड यतिलाई कारबाही स्वरुप क्यासिनोको लाइसेन्स रद्ध गरेको छ भने उसलाई ५ स्टार स्तरिकरणबाट पनि कारबाही गरेको छ। साथै होटल सग रहेको सम्पूर्ण चल अचल सम्पत्तिहरुपनि बैंक मार्फत संबंधित निकायलाई रोक्का गर्न निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *