प्रशिक्षणलाई संख्यात्मक मात्र नभई गुणस्तरीय बनाउन मन्त्री न्यौपानेको निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाानेले निजामती कर्मचारीको प्रशिक्षणलाई संख्यात्मक मात्र नभई गुणस्तरीय बनाउन निर्देशन दिनुुभएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको परिषद बैठकलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री न्यौपानेले गुणस्तरीय प्रशिक्षणका लागि कभरेज, डेफ्थ र विषयगत हिसावले तिन वटा डायमन्समा आधारित हुनुपर्ने बताउनुभयो ।
प्रशिक्षणलाई प्राविधिमैत्री र गुणस्तरीय बनाउनुपर्ने भन्दै मन्त्री न्यौपानेले प्रशिक्षणमा सेल्फ लर्नीङ, इ लर्नीङ र एआईलाई जोड दिनुपर्ने बताउनुभयो । निजामती कर्मचारीलाई प्रशिक्षणसँगै स्थलगत रुपमा अध्ययन गर्ने वातावरण बनाउनुपर्नेमा मन्त्री न्यौपानेले बताउनुभयो ।
उक्त बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, लोकसेवा आयोगका अध्यक्ष, त्रिभुवन विश्व विद्यालयका उपकुलपती, नेपाल सरकारका मुख्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, अर्थमन्त्रालयका सचिव लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
उक्त बैठकमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको पन्चवर्षीय रणनीतिक योजना (२०७९/८०–२०८३/८४ ) को तेश्रो वार्षिक प्रगति समिक्षा, प्रतिष्ठानको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समिक्षा तथा प्रतिष्ठानको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट स्विकृत सम्बन्धमा छलफल भएको प्रतिष्ठानका सदस्य सचिव रामशरण पुडासैनीले बताउनुभयो ।