उद्योग मन्त्री भण्डारी गृह जिल्ला बैतडी प्रस्थान

धनगढी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी आज गृह जिल्ला बैतडी प्रस्थान गर्नुभएको छ । बिहान काठ्माण्डौँबाट हवाईमार्ग हुँदै धनगढी पुग्नु भएका मन्त्री भण्डारीलाई धनगढी विमानस्थलमा कैलालीका नेता कार्यकर्ताले भव्य स्वागत गरेका छन् । उहाँ आजै धनगढीबाट बैतडीका लागि प्रस्थान गर्नुभएको हो ।

उहाँ २ दिन बैतडीमा रहँदा नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अधिवेशनमा सहभागी हुने कार्यक्रम तय भएको छ । यसैगरी जिल्लास्थित कार्यालय प्रमुखहरूसँगको अन्तरक्रियामा सहभागी हुने, जिल्लाबासी मतदाता, उद्योगी, व्यवसायीहरुसंग भेटघाट गर्ने कार्यक्रम तय भएको उहाँको सचिवालयले जनाएको छ ।
मन्त्री भण्डारी पर्सि शनिबार काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।