बुद्ध जयन्तीअघि नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने मन्त्री आलेको उद्घोष

काठमाडौं !संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आगामी बुद्ध जयन्तीअघि नै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने बताउनु भएको छ । विमानस्थलको निरीक्षणका क्रममा शनिबार भैरहवा आउनु भएका मन्त्री आलेले नागरिक उड्डयन प्राधिकरणका अधिकारी र मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै यस्तो बताउनु भएको हो । ‘अब विमानस्थल सञ्चालनमा कुनै विलम्ब हुनुहुँदैन, बुद्ध जयन्ती अगावै नै विमानस्थल सञ्चालनमा ल्याइने छ’ उहाँले भन्नुभयो ।

निर्माण सुरु भएको सात वर्षमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग पूरा भएको छ । विमानस्थलमा पूर्वाधार निर्माण तथा उपकरण जडान सकिएको र केही प्राविधिक काम भइरहेको छ । विमानस्थल निरीक्षणका क्रममा मन्त्री आलेसहित मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर, राष्ट्रिय गौरव आयोजनाका निर्देशक, उपनिर्देशक लगायतको टोली आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *