काठ्माण्डौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित रुपमा बजार अनुगमन गर्दै आइरहेको छ । विभागले १महिनाको अवधीमा १हजार बढी ठाउँमा अनुगमन गरिसकेको छ । विभागले आइतबार काठ्माण्डौँको कालिमाटी तरकारी तथा फलफुल बजारमा अनुगमन गरिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पुग्नुभयो ।
अनुगमनका क्रममा अस्वभाविक महंगी र व्यापारमा अनियमितता गरिरहेका केहि पसलहरुलाई सिल गर्न मन्त्री भण्डारीले निर्देशन दिनुभएको छ । व्यापारिले खरिद मुल्यभन्दा अत्याधिक नाफा राखेर सामान बिक्रि वितरण गरेको पाइएको छ भने, बिलबिजक बिनै कारोबार गरेको पाइएको छ । केहि तरकारी र मासुजन्य पसलहरुले सरसफाइमा पटक्कै ध्यान नदिएको पाइएको छ ।
माछामासु अव्यवस्थित रुपले फ्रीजिङ गरिएको तथा सरसफाइमा ध्यान नदिएको पाइएको हो । अनुगमन टोलि जाँदा व्यापारीहरु पसल बन्द गरि भाग्ने र अनुगमन टोलिलाई असहयोग गरेको पाइएको छ ।
बजारमा भेटिएका उपभोक्ताहरुले खरिद मुल्य भन्दा १० गुणा बढीसम्म नाफा राखेर बिक्रि गर्ने गरेर उपभोक्ता ठग्ने कार्य भैरहेकाले यस्ता व्यापारिलाई कारवाही गर्न माग गरेकाछन् ।
मन्त्री भण्डारीले गुनासो आएका ठाउँहरुमा अनुगमन गरि तत्काल कारवाही गरिरहेको बताउनुभयो । उहाँले बर्षाका कारण श्रृजित प्राकृतिक विपदको पीडा भोगिरेका उपभोक्ता नठग्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो भने, अस्वभाविक ढंगले कानुन विपरित व्यवसाय सञ्चालन गर्ने व्यापारिलाई कारवाहिगर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।