अर्थमन्त्री शर्माद्रारा आफ्नै पार्टी अध्यक्ष प्रचण्डलाई चुनौती : स्थानिय चुनाब समयमै गर्न माग

काठमाडौं ! माओवादी केन्द्रका प्रभावशाली नेता एवं सरकारका अर्थमन्त्री जनार्दन शर्माले स्थानिय निर्वाचन समयमै गर्नुपर्ने धारणा राख्नुभएको छ। आज आफ्नो फेसबुक पेजमा लेख्दै उहाँले-“स्थानिय तहको निर्वाचन समय गरेर लोकतन्त्र र संघीयतालाई सुदृढ बनाउनु पर्छ” भन्नुभएको हो।

प्रभाकरको यो लेखाइबाट पार्टिका अध्यक्ष प्रचण्डलाई स्थानिय निर्वाचन सार्ने निर्णय र पहलकदमिमा धक्का लाग्ने भएको छ। आफ्नै पार्टिभित्र समयमै निर्वाचन गराउन आवाज उठेपछि प्रचण्ड अप्ठ्यारोमा पर्ने निश्चित छ किनकी स्थानिय निर्वाचन सार्न प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री देउवालाई दबाब दिइरहनु भएको छ । सरकारका अर्थमन्त्री समेत रहनुभएका उहाँ माओवादी केन्द्रका महासचिव पदका आकाङ्क्षीपनि हुनुहुन्छ। उहाँको यस्तो अभिव्यक्तिले प्रचण्डलाई अप्ठ्यारो पर्नुको साथै राजनैतिमा तरङ्ग ल्याउने सङ्केत देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *