आज अनेमसंघले काठमाडौंमा बृहत सभाको आयोजना गर्दै, एमाले अध्यक्ष ओलीले सम्बोधन गर्नुहुँदै

काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज अखिल नेपाल महिलासंघले विशाल सभाको आयोजना गरेको छ । ८ मार्चको अवसरमा ११ बजे काठमाडौंको भृकुटीमण्डपमा भेला भएर बसन्तपुरसम्म रयाली गरिने र एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको एमाले पोलिटव्युरो सदस्य एवं अखिल नेपाल महिला संघका केन्द्रिय सचिव सुजिता शाक्यले बताउनुभयो । यस वर्ष अनेमसंघले ‘१ सय १२ र्औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ सफल पारौं, समृद्ध नेपाल निर्माणका लागी स्थानीय तहको प्रमुख पदमा महिलाको समान सहभागिता सुनिश्चित गरौं।’ भन्ने नारा तय गरेको छ ।

सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११० वर्ष पुगेको छ। सन् १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो। संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुवरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो। सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्र्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुवरी १९०९ का दिन महिला दिवस मनायो।

यसपछि यो फेब्रुवरीको अन्तिम आइतबारको दिन मनाइन थालियो। १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दिवसको मान्यता दियो ।
संसारभरका महिलाहरुमा समानताको हक स्थापित गर्ने प्रेरणादायी दिवसका रुपमा आज ८ मार्च भव्यताका साथ मनाईँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *