काठमाडौं महानगरपालिकाले दियो शुक्रबार सार्वजनिक विदा

काठमाडौं ! काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक विदा दिएको छ।  २०८० भाद्र १५ गते शुक्रवारका दिनमा सापारु र रोपाइ जात्राको अवसरमा महानगरभित्र विदा दिने निर्णय गरेको महानगरले जनाएको छ ।

उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्नको लागि विदा दिइएको महानगरले उल्लेख गरेको छ  । महानगरको सूचनामा भनिएको छ ‘काठमाडौं महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भाद्र १५ गते शुक्रवारका दिनमा सापारु र रोपाइ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भाद्र १५ गते शुक्रवारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

भदौ १४ गते बिहिबार भने नेपाल सरकारले रक्षाबन्धनको अवसरमा देशभर सार्वजनिक विदा दिएको छ । काठमाडौँ उपत्यकामा मनाईने गाईजात्रा पनि भदौ १४ गते बिहिबार नै परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *