काठमाडौं महानगरपालिकाले माग्यो १९ जना विषय विज्ञ कर्मचारी

काठमाडौं ! काठमाडौं महानगरपालिकाले १९ जना विषय विज्ञ कर्मचारीका लागि आवदेन खुला गरेको छ।

महानगरले एक सूचना जारी गर्दै विभिन्न पदका विषय विज्ञका लागि इच्छुक र योग्य व्यक्तिले आवेदन दिन माग गरेको हो।

जसका लागि महानगरले उक्त सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र निवेदन पेस गर्न अनुरोध गरेको छ।

महानगरले फोहोरमैला व्यवस्थापन विज्ञ, वातावरण विज्ञ, केमिकल इन्जिनियर, मेकानिकल इन्जिनियर, जैविक विविधता विज्ञ/वन्यजन्तु विज्ञ, वातावरण कानुनविद् माग गरेको हो।

यसैगरी महानगरले मानवशास्त्री, समाजशास्त्री, पुरातत्त्वशास्त्री, अर्थशास्त्री, जन स्वास्थ्यविद्, भूगर्भशास्त्री/भूगर्भ इन्जिनियर, आर्किटेक्ट, स्ट्रक्चरल इन्जिनियर, अर्बान प्लानर, ऊर्जा विज्ञ, इलेक्ट्रिकल इन्जिनियर, इलेक्ट्रोनिक इन्जिनियर, जियोम्याटिक्स इन्जिनियर मागेको छ।

यस्तो छ सूचना:

Leave a Reply

Your email address will not be published. Required fields are marked *