महानगर भित्रका सहकारीलाई सबै विवरण बुझाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र संचालित सहकारी संस्थाहरुलाई ३० दिनभित्र सवै विवरण पेस गर्न निर्देशन दिएको छ ।
महानगरपालिकाको सहकारी विभागले आज एक सार्वजनिक सूचना प्रकाशित गरेर साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो ।
पछिल्लो समय एकपछि अर्को सहकरीमा संकटमा परेको, केही कार्यालय बन्द गरेर भागेको र सर्वसाधारणहरु अबौं निक्षेप जोखिममा परेको अवस्थामा महानगरले साधारणसभाको जनाकारी र लेखापरीक्षण प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।
सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।
ऐनको दफा २८ को उपदफा २ मा आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ मा तीन महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने, दफा ५२ मा उक्त विवरण बुझाउनु पर्ने व्यवस्था छ ।
दफा ६६ मा सहकारीको विघटन वा दर्ता खारेजीसम्मको व्यवस्था छ । महानगरले जारी गरेको सूचना सामाजिक सञ्जालमा सेयर गर्दै मेयर बालेन शाहले सहकारीले कानुनले निर्दिषट गरेका आफ्ना दायित्व र जिम्मेवारी पूरा गर्नुपर्न बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *