काठमाडौं । नेपाली सेना र नेपाल प्रहरीले काठमाडौं महानगरपालिकालाई कर तिर्न अटेर गरेको छ ।
भदौ २३ गते घर बहाल कर तिर्न आग्रह गर्दै कामपाले नेपाली सेनाको मुख्यालय र नेपाल प्रहरीलाई पत्राचार गरेको थियो । पत्र पठाएको करिब तीन साता पुगिसक्दा पनि दुवै निकायले पत्रको कुनै जवाफ दिएका छैनन् ।
कामपाका प्रवक्ता नवीन मानन्धरले नियमअनुसार कर तिर्नुपर्ने बताउँदै कर नतिरे कारबाही गर्ने चेतावनी दिँदै भन्नुभयो, ‘दुवै निकायले कामपाले तोकेको करको वक्यौता तिर्नैपर्छ । हामी फेरि अर्काे पत्र पठाउनेछौं । त्यसपछि कानुनअनुसार अघि बढ्नेछौं ।’ यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।