काठमाडौं महानगरले सुरु गर्‍याे डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन सेवा

काठमाडौं– काठमाडौं महानगरपालिकाले डेंगु संक्रमितहरुका लागि हटलाइन सेवा सुरु गरेको छ। महानगरका प्रमुख बालेन शाहले सेवा सुरु गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्।

उनले डेंगु संक्रमित भएको शंका लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने बताएका छन्। साथै संक्रमितले आवश्यक भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स सेवा समेत लिन सकिने बताएका छन्।

‘डेंगु संक्रमितहरुका लागि आजबाट २४ घण्टे हटलाइन सुरु गरेका छौं। संक्रमित भए वा भएको शंका लागेमा तपाईले ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सक्नु हुनेछ। आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्नुहुनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *