अनाधिकृत संरचना भत्काउन न्युरोडमा पुग्यो काठमाडौं महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनाधिकृत संरचना भत्काउन लागेको छ ।

अर्केडमा बनाएको अनधिकृत सरचना भत्काउन महानगरपालिले दुई वटा डोजर तयार गरिएको छ । डोजर लिएर केही समयमै पुग्ने महानगर प्रहरीले जनाएको छ । महानगरको डोजर आउने भएपछि व्यापारीहरुको भागाभाग भएको छ ।

महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ । मेयर बालेन्द्र साह ९बालेन० आफैं पुगेर ठाउँका संरचनाहरू भत्काएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *