बन्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइटको बाटो निर्माण भैरहेकाले काठमाडौंको फ़ोहोर एक हप्ता नउठ्ने

काठमाडौं : नुवाकोटको बन्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइट जाने बाटो एक हप्ताका लागि बन्द हुने भएको छ। सिसडोल भ्याली-१ मा सडक निर्माण कार्य सुरु भएको भन्दै एक हप्तासम्म फोहोरको गाडी नचलाउन आग्रह गरिएको छ।

‘सिसडोलस्थित भ्याली-१ को सडक निर्माण कार्य सुचारु गर्न फोहोरमैला विसर्जन गर्न जाने सवारी साधनको आवतजावतले कठिनाइ उत्पन्न हुने भएकाले निर्माण कार्यलाई द्रूत गतिमा सञ्चाल गर्नको लागि उक्त सडक खण्डमा कम्तिमा एक हप्ता सवारी आवगमन बन्द गरिदिन सहरी विकास तथा भवन विभागबाट लेखिआएको छ,’ महानगरले प्रेस विज्ञप्तिमा जारी गर्दै भनेको छ।

महानगरबासीलाई एक हप्तासम्म फोहोर सडक, चोकमा नफाल्न र घरमै राख्न महानगरले अपील गरेको छ। ‘आ-आफ्नो घर, पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिक स्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राखिदिन महानगरबासीलाई हार्दिक अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *