काठमाडौँ । विदेशस्थित नेपाली दूतावास रहेका पाँच नियोगबाट घरेलु कामदारको सुरक्षणबापत सम्बन्धित रोजगारदाताबाट संकलन गरेको ८ करोड ४९ लाख वित्तीय विवरण लुकाएको पाइएको छ ।
ओमान, बहराइन, इजिप्ट र आबुधाबीसमेत ४ नियोगले घरेलु कामदारको रकम कतै समावेश नगरेको भेटिएको महालेखा कार्यालयको प्रतिवेदनले औंल्याएको छ ।
नेपाली नियोगले विनियोजनतर्फ वर्षान्तमा निकासामध्ये खर्च भई बाँकी रकम तथा राजस्व रकम वर्षान्तमा दाखिला नगरी अर्को आर्थिक वर्षको प्रथम/दोस्रो चौमासिक निकासाबाट मन्त्रालयले कट्टा गरी हिसाब मिलान गरेको देखिएको छ ।
‘उपर्युक्त स्थितिमा मन्त्रालय र नियोगले देखाएको खर्च तथा राजस्व भिडान नहुने समस्या रहेको छ,’ महालेखाले प्रतिवेदनमा भनिएको छ ।
त्यस्तै, घर र अपार्टमेन्टतर्फ सरकारी निकायले अन्य निकायमा राखेको धरौटी अभिलेख महालेखा परीक्षकद्वारा स्वीकृत ढाँचामा राख्नुपर्ने व्यवस्था भए पनि दूतावासले चान्सरी भवन र कर्मचारी आवास गृह भाडामा लिँदा जेनेभा, हङकङ, कोपेनहेगनलगायत २२ नियोगबाट १ सय २ घर/अपार्टमेन्टका सम्बन्धित घरधनीलाई ६ करोड ७४ लाख सुरक्षणबापत भुक्तानी भएको महालेखा प्रतिवेदनमा उल्लेख छ । याे खबर अाजकाे राजधानी दैनिकमा छ ।