महालेखाले चालु आर्थिक बर्षको भुक्तानी प्रणाली आइतबारबाट बन्द गर्दै

काठमाडौं ! महालेखा नियन्त्रक कार्यालयले चालु आर्थिक वर्षको भुक्तानी प्रणाली बन्द गर्ने भएको छ । कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालय,प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा ईकाइहरुलाई परिपत्र गर्दै आगामी आइतबारदेखि भुक्तानी प्रणाली बन्द गर्न भनेको छ ।

कोषका लेखा अधिकृत चित्र बहादुर केसी हस्ताक्षरित सूचनामार्फत सरकारी कार्यालयहरुको हकमा भुक्तानी निकासी प्रणाली आइतबारदेखि बन्द गर्ने भनेको हो । नेपाल सरकारको कार्यालयहरुका हकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली ०७७ को नियम ३० को उपनियम (१) र (२) टिएसए र सिजिएस र प्रदेश तथा स्थानीय तहको हकमा टिएसए र सिजिएस र सुत्र प्रणाली नियमावली ३० को उपनियम ७ र ८ बमोजिम सञ्चालन भइ अन्य प्रणाली बन्द हुने जनाइएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आगामी आइतबारदेखि बन्द हुने कार्यालयले जानकारी दिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली,२०७७ अनुसार सम्बन्धित आर्थिक बर्ष समाप्त हुनु एक साता अघि नै भुक्तानी प्रणाली बन्द गरिने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *