एमाले महाधिवेशन : तीर्थ भट्टराईले सुदूरपश्चिम भुगोल युवाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

काठमाडौं ! नेकपा एमालेको एघारौं महाधिवेशन हिजो मंसिर २७ गतेबाट प्रारम्भ भएको छ। हिजो उद्घाटनसत्र सकिएर आजबाट बन्दसत्रका कार्यक्रमहरु संचालनमा छन। आजबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन कमिटीलाई निर्वाचन प्रयोजनको लागि जिम्मेवारीको हस्तान्तरण गरिसक्नु भएको छ।

बन्दसत्रमा आज अपरान्हबाट निर्वाचन कमिटीले आफ्नो कामकारबाही अगाडि बढाई सकेको छ। निर्वाचन कमिटीको तालिका अनुरुप भोलि बिहानबाट उम्मेदवारी फारम वितरण गरि उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ। यसैबिच एमालेले यो पटक ४० बर्ष मुनिका युवाहरुको पनि केन्द्रीय कमिटीमा कोटा सुनिश्चित गरेको छ। प्रत्यक प्रदेशलाई भुगोल बनाएर १/१ जना युवाहरु समेटिने छन् । साथै खुला(हल) बाट २ जना र अन्य कलस्टरबाट पनि युवाहरु समेटिने छन् ।

यसैगरी सुदूूरपश्चिम प्रदेशको युवा कोटामा एमाले सुदूूरपश्चिम प्रदेश कमिटी सदस्य तीर्थ भट्टराईले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । पार्टीले युवा कोटा सुनिश्चित गरेसँगै उनले भुगोलबाट आफ्नो उम्मेदवारी दिने तयारी गरेका हुन् । तीर्थ भट्टराई कैलाली क्षेत्र न. ५ बाट युवा कलस्टरमै प्रतिनिधि चुनिएर आएका हुन।

देशभित्र र प्रवास पार्टी पङ्तिमा राम्रो नेटवर्क बनाएका भट्टराई बलिया उम्मेदवारको रुपमा हेरिएको छ। लामो समय प्रवास कमिटीमा रहेर फर्किएका भट्टराई भुगोलमा पनि स्थापित युवा नेता मानिन्छन् । पार्टी नेतृत्वको संधै कडा समर्थकका रुपमा रहेका भट्टराई सामाजिक संजालमा पार्टीको लागि खटिने अगुवा युवा नेतामा पर्दछन।