नागरिकता सम्बन्धी समस्या समाधान गर्नको लागि मधेशी आयोगद्वारा राजनीतिक दलहरुलाई पत्राचार

काठमाडौं ! मधेशी आयोगले विभिन्न राजनीतिक दलहरुलाई नागरिकता विहिनहरुका समस्या समाधानको लागि आवश्यक प्रक्रिया अगाडी बढाउन पत्र पठाएको छ |

नागरिकता विहिन संघर्ष समितिका पदाधिकारीहरुले आयोगमा पुगेर आयोगका अध्यक्ष डा.विजयकुमार दत्त समक्ष नागरिकता नभएको कारणले गर्दा राज्यको हरेक सेवा सुविधा बाट बन्चित हुनुपरेको समस्याले गर्दा नयाँ राष्ट्रपतिको नियुक्ति पश्चात नागरिकता विधयेक २०७९ प्रमाणीकरणमा विशेष भूमिका निर्वाह गरिदिन आग्रह सहितको ज्ञापन पत्र बुझाएका थिए |

सो ज्ञापन पत्र बुझेपछि अध्यक्ष डा.दत्तले नागरिकता नहुनुको पीडा आयोगले पनि बुझेको र आयोगले यसमा गर्न सक्ने सबै किसिमको सहयोग बाट पछाडि नहट्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभएका छन् |

नागरिकता सम्बन्धी विधेयक २०७९ दुई पल्ट प्रतिनिधि सभा र राष्ट्रिय सभा बाट पारित भएर राष्ट्रपति समक्ष पुगेपनि प्रमाणीकरण नभएकोले गर्दा आफुहरुलाई राज्यको विभिन्न सेवा सुविधा बाट बन्चित हुनुपरेको सो ज्ञापन पत्रमा उल्लेख गरिएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *