सहमतिमै महाअभियोग लगाएका हौं : महरा

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएको बताएका छन्।

पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले न्याय क्षेत्रमा बेथिति बढ्दै गएपछि यसको समाधानका लागि महाअभियोग प्रस्ताव दर्ता गरिएको दाबी गरे।

पुस्तकले माओवादी आन्दोलनलाई संस्थागत गर्न सहयोग पु¥याउने विश्वाससमेत व्यक्त गरे। पुस्तकका लेखक महतराले जनयुद्धका समयमा आफूले पत्रकारिताका क्रममा भोगेका अनुभव र अनुभूतिलाई पुस्तकमा समेटेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *