मधेशी आयोगका अध्यक्ष र बंगलादेशी सरकारका प्रतिनिधि बीच उच्चस्तरीय भेटवार्ता (तस्वीर सहित)

काठमाडौं ! नेपाल भ्रमणमा रहेका बंगलादेश सरकारका प्रतिनिधिहरु, बंगलादेश मानवअधिकार आयोगका पदाधिकारी तथा मानवअधिकारकर्मी सम्मलित एक उच्चस्तरीय टोलीले मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त सहित आयोगका पदाधिकारीहरु संग भेट गरेका छन् |

विहिवार मधेशी आयोगको कार्यालयमा भएको सो भेटमा बंगलादेशी टोलीले मधेशको सिरहा र सप्तरी जिल्लामा बंगलादेश सरकारको सहयोगमा विभिन्न समाज कल्याण सम्बन्धित आयोजनाहरु संचालनमा रहेको जानकारी गराउदै सो आयोजनामा आयोगको तर्फ बाट सहयोग गर्न अध्यक्ष डा.दत्तलाई अनुरोध गरेका छन् | सो भेटघाटमा दुवै देशमा मानवअधिकारको अवस्था तथा चुनौतीको विषयमा समेत छलफल भएको छ |

आयोगका अध्यक्ष डा.दत्तले तराई-मधेश सहित नेपालका हजारौं विद्यार्थीहरु बंगलादेशमा अध्ययनरत रहेको र उनीहरुको मानवअधिकारको संरक्षण तथा सम्बर्धन गर्नु त्यहाँको सरकारको समेत दायित्व रहेको बताउदै विद्यार्थीहरु माथि आउने विभिन्न किसिमका समस्याहरुको निदानार्थ बंगलादेश सरकारले आवश्यक रणनीति बनाउनु पर्ने कुरामा जोड दिएका छन् |

सो छलफलमा अध्यक्ष डा.दत्तले नेपाल र बंगलादेश एक अर्काको हितैषी मित्र रहेको र आगामी दिनमा विभिन्न क्षेत्रहरुमा दुवै देशले एक अर्का संग समन्वय तथा सहकार्य गरी अगाडी बढ्नुपर्ने कुरा समेत बताएका छन् |                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *