थारु र मुस्लिम लाई मधेशी बाट हटाउने मधेशी आयोगको निर्णय (निर्णयसहित)

काठमाडौं ! मधेशी आयोगले थारु र मुस्लिम लाई मधेशी समुदायको सूची बाट हटाउने निर्णय गरेको छ । आयोगले मसिंर २० गते बैठक बसी नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ बाट उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको छ ।

मधेशी आयोगले गरेको निर्णय कार्यन्वयनको लागि आयोगकी उपसचिव सबिता डंगोलले प्रधानमंत्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छिन ।

थारु र मुस्लिम समुदायका विभिन्न संघ-संगठनहरुले थारु र मुस्लिम समुदायको छुटै पहिचान र सभ्यता रहेको र सो मधेशी समुदाय संग नमिल्ने भएकोले गर्दा मधेशी क्लस्टरमा आफुहरुलाई नराख्न मधेशी आयोगमा उजुरी दिएका थिए ।

मधेशी आयोगले २०७८/७९ को बार्षिक प्रतिवेदन मार्फत राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष थारु र मुस्लिम सहित १४९ जात लाई मधेशीको रुपमा सिफारिस गरेको थियो ।               

Leave a Reply

Your email address will not be published. Required fields are marked *