महोत्तरीमा हिन्दु-मुस्लिम बीच भएको झडपको सत्यतथ्य छानबिन गर्न मधेशी आयोगका अध्यक्ष दत्तको निर्देशन

काठमाडौं ! महोत्तरीको भंगहा-८ पडरियामा हिन्दु र मुस्लिम समुदाय बीच भएको झडपको सत्यतथ्य छानबिन गर्न मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तज्यूले महोत्तरीका सिडियोलाई निर्देशन दिनुभएका छन् | अध्यक्ष डा.दत्तज्यूले फोन सम्पर्क गरी सिडियो संग घटनाको बारेमा बिस्तृत जानकारी लिदै त्यहाँको अवस्था नियन्त्रण गर्न र शान्तिपूर्ण वातावरण मिलाउन निर्देशन दिनुभएको छ।

अध्यक्ष डा.दत्तले सो झडपमा घाइते भएका पीडित र परिवारसंग भेटेर समेत घटनाबारे स्थलगत जानकारी लिनुभएको छ । बिहिबार भाइटिकाको दिन पडरिया बाट हिन्दु सम्राट सेनाले श्री राम को नारा लगाउदै र्याली निकाल्दा मुस्लिम समुदायका मान्छेहरुले ढुंगामुडा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

अध्यक्ष डा.दत्तले संयमित भएर एक-आपसमा झडप नगर्न तथा सामाजिक सद्भावमा खलल नपुर्याउन सम्बन्धित सबै पक्षलाई अनुरोध गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *