१ सय ४९ वटा जातलाई ‘मधेशी’ को रुपमा परिभाषित गर्न मधेशी आयोगको सिफारिस

काठमाण्डाै !  मधेशी आयोगले १ सय ४९ वटा जात र मुस्लिम–थारुलाई मधेशीको रुपमा परिभाषित गर्न वार्षिक प्रतिवेदनमार्फत् राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरिएको आयोगको चौथो वार्षिक प्रतिवेदनमा १ सय ४९ वटा जात र २ हजार २ सय भन्दा धेरै थरहरुलाई मधेशीको रुपमा पारिभाषित गर्न सिफारिस गरिएको हो ।

आयोगले आफ्नो प्रतिवेदनमार्फत चुरे संरक्षण गरी पानीको स्रोत जोगाउनुपर्ने, स्थानीय पाठ्यक्रममा स्थानीय भाषाको प्रयोग हुनुपर्ने, हुलाकी राजमार्गको पूर्णता, मधेश प्रदेशका आठ जिल्लालाई सुक्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिनुपर्ने लगायत सिफारिस पनि गरेको छ ।

जनकपुरको जानकी मन्दिर, सप्तरीको बलान बिहुल गाउँपालिकामा रहेको लक्ष्मीनारायण मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न आयोगले सिफारिस गरेको छ । त्यस्तै आयोगले सप्तरीको सखादेश्वरी भगवती मन्दिरको संरक्षण तथा सम्बर्धन, नेपाल–भारत सीमामा देखापरेको विभिन्न आर्थिक तथा सामाजिक समस्याकों समाधानका लागि पहल गर्न, मिथिला कलाको अन्तर्राष्ट्रियकरण, नवलपरासीको त्रिवेणीधाम, कपिलवस्तुको तिलौराकोटलाई पर्यटन गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिएको मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *