संबैधानिक निकायलाई सरकारले आफ्नो मातहात को निकाय जस्तो व्यवहार गर्न मिल्दैन : मधेशी आयोग अध्यक्ष डा.दत्त

काठमाडौं ! राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त बीच आज सिंहदरबारमा संबैधानिक निकायलाई सशक्त र प्रभावकारी बनाउने विषय बारे छलफल भएको छ | करिब १ घण्टा लामो छलफलमा मधेशी आयोगका अध्यक्ष डा.दत्तले संबैधानिक निकायलाई प्रभावकारी बनाउन राष्ट्रिय सभा र अन्तर्गतका सरोकारवाला समितिहरुले प्रभावकारी पहल गरेर सरकारलाई उचित सल्लाह, सुझाव तथा निर्देशन गरिदिन अध्यक्ष तिमिल्सिनालाई आग्रह गर्नुभयो | आफु वा आयोगलाई औपचारिक जानकारी बिनै आयोगको कर्मचारीको सरुवा, मधेशी समुदायलाई सशक्तिकरण गर्न तथा अन्य महत्वपूर्ण जिम्मेवारी बोकेको तथा संविधानले बनाएको आयोगलाई न्यून बजेट दिने, आयोगलाई भौतिक पूर्वाधारको अभाव, न्यून जनशक्ति जस्ता समस्याहरुले आयोगले आफ्नो भूमिका प्रभावकारी रुपमा देखाउन बाट बन्चित गरेको गुनासो व्यक्त गर्नुभयो | अध्यक्ष डा.दत्तले राष्ट्रिय सभा वा प्रतिनिधि सभा अन्तर्गत संवैधानिक निकाय संग सरोकार राख्ने समितिहरुले समेत प्रतिवेदन माथि विगत २ वर्ष देखि आफुहरु संग छलफल नगरेको बताउनुभयो | अध्यक्ष डा.दत्तले संबैधानिक निकायहरुलाई आफ्नो मातहातको निकाय जस्तो व्यवहार समेत गर्न नमिल्ने बताउनुभयो |

सो छलफलको क्रममा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले संबैधानिक आयोगहरुले सरकारलाई गलत कदम नचाल्न घच्घच्याउने काम गर्नुपर्ने बतानुभएका छन् | सरकारले संबैधानिक आयोगहरु माथि नियन्त्रण नगर्नुपर्ने र आयोगहरुलाई पूर्ण प्रभावकारी बनाउन आवश्यक बजेटको व्यवस्थापन, जनशक्ति को पदपूर्ति र सिफारिसहरुको पूर्ण रुपमा कार्यन्वयन गर्नुपर्ने र त्यसमा आयोगलाई राष्ट्रिय सभा र अन्तर्गतका समितिहरुलाई पूर्ण सहयोग गर्न आफु तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो |

सो छलफलमा आयोगका अध्यक्ष डा.दत्तले मधेशी आयोगले तयार पारेको “मधेशी समुदायको थर सूचिकरण अध्ययन प्रतिवेदन-२०७९” अध्यक्ष तिमिल्सिनालाई प्रदान गर्नुभयो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *