मधेशी आयोगको लोकसेवा परिक्षा तयारी सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं  ! मधेशी आयोग द्वारा मधेश प्रदेशको राजधानी जनकपुरधाममा आज आयोजित “लोकसेवा परिक्षा तयारी सम्बन्धि अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ | जनकपुरको संकटमोचन उच्च मा.वि मा आयोजित सो कार्यक्रममा १०० जना भन्दा बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो |

सो कार्यक्रममा मधेशी आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूले आयोगले हर सम्भव मधेशी समुदायका व्यक्तिहरुको सशक्तिकरणको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको र अगामी दिनमा समेत स्रोत र साधनलाई पूर्ण उपयोग गरि अझ प्रभावकारी कार्यक्रमहरु गर्ने बताउनुभयो |

सो कार्यक्रममा जनकपुरधाम उप नपाघका पुर्व मेयर वजरंग प्रसाद साह,धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, आन्तरिक मामिला मन्त्रालयका सचिव रामकुमार महतो, पुर्व उप-सचिव उमेश लाल कर्ण, आयोगका सूचना अधिकारी रमेश दास लगयातका व्यक्तिहरुले विद्यार्थीहरुलाई तयारी सम्बन्धि प्रशिक्षण दिएका थिए |

सो कार्यक्रममा मधेशी आयोगका माननीय सदस्य तथा मधेश प्रदेशका संयोजक जिवछ साहले सो कार्यक्रमका उदेश्य र स्वातत गरि कार्यक्रमको उपादेयता के र किन ? सम्वन्धी विचार प्रस्तुत गर्नुका का साथै संकटमोचन विद्यालयका प्रधानाध्यापक वलिराम प्रसाद साह तथा शिक्षकहरुको समेत गहन विचार सम्प्रेषण गर्नु भएको थियो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *