प्रदेश-२ मा दुर्घटनाको ग्राफ आकाशिदो : मधेशी आयोगले सार्वजनिक गर्यो यस्तो तथ्य

काठमाडौं ! मधेशी आयोगले प्रदेश नम्बर २ मा दुर्घटनाहरुको ग्राफ आकाशीदो रहेको ग्राफ सार्वजनिक गरेको छ। आयोगका अध्यक्ष डा. बिजयदत्तको फेसबुकबाट उक्त ग्राफ सार्वजनिक गरिएको हो। देशका अरु प्रदेशमा भन्दा प्रदेश नम्बर २ मा दुर्घटनाका घटनाहरु बढेको जनचासो एवम गुनासाहरु सार्वजनिक भैरहदा आयोगको सक्रियतामा यस्तो तथ्यांक निकालिएको हो। डा.दत्तले आयोगको अध्यक्षको जिम्मेवारी सम्हालेदेखी नै लक्षित वर्गको हकहित तथा समस्याका लागि चासोका साथ पहलकदमीहरु गराइरहनु भएको छ।यो ग्राफ सार्वजनिक भएसगै दुर्घटना न्यूनीकरणमा संबंधित निकायले साचो दिनुका साथै आ-आफ्नो तवरबाट भुमिका खेल्ने अपेक्षा लिईएको छ।हेर्नुहोस,अध्यक्ष डा.बिजयदत्तले सार्वजनिक गर्नुभएको ग्राफ जस्ताको तस्तै:-
नेपालको कुल जनसंख्याको प्रदेश २ मा २१.४% रहेको छ । तर,दुर्घटनाको दृष्टिले हेर्दा मुलकमा सवभन्दा वढि दुर्घटना भएको यर्थातता रहेको देखिन्छ । अा.व.०७७/०७८ मा पनि दोहोरीएको देखिन्छ । विगत डेढ वर्ष देखि कोभिड १९ को गम्भीर कहर मुलुकमा रहेको छ । मुलुकभरि लकडाउन । निषेधाज्ञा रहेको थियो र छ । सवारीसाधनहरु ठप्प रहेको देखिन्छ र भनिएको छ । तर, कसरी वर्षेनि दुर्घटनामा वृद्धि भयो ? सोचनीय छ । अाठवटै जिल्ला समथर रहेको छ ।

अाव ०७७/०७८मा ५२३ ले ज्यान गुमाए । सवारी दुर्घटना ३९८३ भएको छ जसमा गम्भीर घाइते १९३० रहेको थियोे भने सामान्य घाइते ४,०७४ जना भएको तथ्यांकमा देखिन्छ ।

अाव ०७६/०७७ मा १३४० रहेको थियो जसमा ४२० जनाले ज्यान गुमाएका थिए । गम्भीर घाइते ९०५ जना भएका थिए ।

अाव ०७५/०७६ मा ९१४ सवारी दुर्घटना भए जसमा ४९६ जनाले ज्यान गुमाएका थिए ।

तथ्यांकमा हेर्दा :
अा.व जम्मा दुर्घटना मृत्यु कैफियत
०७५/०७६ – ९१४ ४९६
०७६/०७७ – १३४० ४२० लकडाउन
०७७/०७८ – ३९८३ ५२३ निषेधाज्ञा रहेको

दैनिक रुपमा मानिस हराएको, हत्या/अात्महत्या,घरेलु हिंसा,वुहुअायामिक गरिबी, अार्थिक विचलन/अपचलन,अशिक्षा,नवागंतुक कुरिती र विकृति,अन्धविश्वास ,जातिय द्वेष-भाव सहितका सामाजिक,सांस्कृतिक,अार्थिक,कानुनी लागू पदार्थ दुर्व्यसनी सहितका समस्याहरु उच्च रहेकै छ ।

प्रदेश २ मा HDI को अवस्थामा अझै सुधार नभएको यर्थातता छ ।
खानेपानीको प्रयोग :१०.५%
फल्स शौचालयको प्रयोग : १६.२%
विजुलीको प्रयोग : ५९.७%
LPG को प्रयोग :०६%
गोइठा/गोरहाको प्रयोग : ३८%
घरभाडामा प्रयोग :०३%
पढ्न -लेख्न सक्ने : ४९%
[ महिला :३९%,,पुरुष:६०% ]
अशिक्षित [ महिला :५८%,पुरुष :३७% ]
फरक क्षमता भएका :१.३% ( शारीरिक अपांग :३५%]

तर, सवारीसाधनको प्रयोग/दुरुपयोगमा/दुर्घटना उच्च रहेको छ ।

सम्भावित कारणहरु :
ट्राफिक नियमको पालना नगर्नु,
ट्राफिक सचेतना जगाउन नसक्नु,
दण्डहिनता वढ्दै जानू,
जवाफदेहीता घट्दै जानू,
दण्ड र पुरस्कारको उचित व्यवस्थापन नहुनु,
लाईसेन्समा अपारदर्शीता हुनु,
लामो समय सम्म चालक अनुमति पत्रको व्यवस्थापन नगर्नु,
अभिभावक घरमा नहुनु ,
वैदेशिक रोजगारको रकम मोटरसाइकलमा खर्चिनु,
दाईजोमा मोटरसाइकल वा गाडी अनिवार्य हुनु,
सवारीसाधन चलाउंदा मोबाइलको प्रयोग गर्नु,
अादि…….
[तथ्यांक स्रोत: ट्राफिक कार्यालय
पत्र-पत्रिकाहरु,
नेशनल डेटा प्रोफाइल
राजधानी ०७८/०४/२७ ]

[नेपालमा जुलाई २०१४ – जुलाई २०१९ सम्मको तथ्यांकमा ५४००० हजार दुर्घटना भए जसमा १२००० ले ज्यान गुमाएका थिए ।यसमा १५ -४० वर्षका उमेर समूह रहेका छन् । यसमा,पैदल यात्रु ४८.६% र मोटरसाइकल साधन ४२.५% रहेको देखिन्छ । ]

Leave a Reply

Your email address will not be published. Required fields are marked *