मधेशी आयोगका अध्यक्ष डा. दत्त र भौतिक पूर्वाधार मन्त्री यादव बीच भेटघाट

काठमाडौ ! मधेशी आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यू र भौतिक पूर्वाधार मन्त्री मा.रेणु यादव बीच आज सिंहदरबारमा औपचारिक भेटघाट सम्पन्न भएको छ |
सो भेटघाटमा माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूले तराई-मधेशलाई समृद्ध गर्न रेलले महत्वपूर्ण योगदान दिने भएकोले रेललाई यथाशिघ्र संचालनमा ल्याउन अनुरोध गर्नुभयो | मा.मन्त्री रेणु यादवज्यूले यहि February को पहिलो हप्ता देखि रेल संचालनमा आउने प्रतिबद्धता व्यक्त गर्नुभयो |
सो भेटघाटमा कुसाहा-बेल्ही सडक, हुलाकी राजमार्ग, चिसोले गर्दा तराई-मधेशमा कष्टकर बन्दै गइरहेको जीवन लगायातका महत्वपूर्ण विषयमा करिब आधा घण्टा गहन छलफल भएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *