काठमाडौं ! सुनौलो बिहानी समाज द्वारा आज प्रदेश-२ को जनकपुरधाम स्थित होटल सीता शरणमा आयोजित “१६-दिवसीय महिला हिँसा विरुद्ध कार्यक्रम अन्तर्गत यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका यौन श्रमिक दिदी-बहिनी, लागूपदार्थ प्रयोगकर्ता तथा एचआईभी संक्रमितहरुको मानवअधिकारको विषयमा” प्रमुख अतिथिको आसन बाट बोल्दै मधेशी आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूले हरेक नागरिकको मानवअधिकारको संरक्षण, सम्बर्धन तथा सशक्तिकरण गर्नु हामी सबैको साझा दायित्व रहेको बताउनुभयो।
माननीय अध्यक्षज्यूले मधेशी आयोगको महत्वपूर्ण कामहरु मध्य मानवअधिकारको संरक्षण तथा सम्बर्धन गर्ने तथा मानवअधिकारको उल्लंघन गर्ने व्यक्ति वा संस्था विरुद्ध उजुरी लिएर आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाउने र छिटो भन्दा छिटो आवश्यक समन्वय तथा सहकार्य गरि पीडितलाई न्याय दिलाउने रहेको बताउनुभयो | माननीय अध्यक्षज्यूले गम्भीर प्रकृतिको उजुरी आएमा स्वयं स्थलगत अनुगमन जाने गरेको तथा पीडित पक्षलाई यथाशिघ्र न्याय दिलाउन तत्काल आवश्यक निर्देशन तथा सिफारिस गर्ने गरेको बताउनुभयो । तेस्रोलिंगी हाम्रो समाजको एक महत्वपूर्ण तथा अभिन्न अंग समेत रहेको वहाँले बताउनुभयो ।
माननीय अध्यक्षज्यूको विवाहपंचमी तथा अन्य महत्वपूर्ण कार्यक्रमहरुमा सहभागी हुने कार्यक्रम रहेको छ ।