सात वटा संवैधानिक आयोगहरु मध्य मधेशी आयोग पहिलो स्थानमा : जुरी नेपाल

 

काठमाडौं ! २०७८/०७/१० गतेका दिन विभिन्न संवैधानिक आयोगहरु, मेची देखि महाकाली सम्मका अधिकारकर्मीहरु, मानवअधिकार संस्थाहरु लगायत को सहभागितामा तथा मधेशी आयोग र न्याय तथा मानव अधिकारका लागी संस्था (जुरी-नेपाल) को आयोजनमा “संवैधानिक आयोगहरुको सिफारिस कार्यन्वयनको वर्तमान अवस्था र चुनौतीहरु” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ |

कार्यक्रममा अधिवक्ता तथा जुरी-नेपालको कार्यक्रम निर्देशक मोहनलाल आचार्यद्वारा प्रस्तुत कार्यपत्रमा राष्ट्रिय मानवअधिकार आयोग पहिलो, मधेशी आयोग दोस्रो, थारु आयोग तेस्रो र राष्ट्रिय समावेशी आयोग चौथो स्थानमा रहेको देखिन्छ |

सो अध्ययन अनुसार ययबिधानको भाग २७ अनुसारका गठित सात वटा संवैधानिक आयोगहरुमा सिफारिसहरुको आधारमा पहिलो स्थानमा मधेशी आयोग, दोस्रो स्थानमा थारु आयोग र तेस्रो स्थानमा समावेशी आयोग रहेको छ |

लगातार दुई वर्षका दुई वटा अध्ययन प्रतिवेदनहरु अनुसार अति न्यून मानवीय र भौतिक स्रोत साधनका बाबजुद पनि मधेशी आयोग अग्रस्थानमै रहेको छ |

मधेशी आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूले चुनौतीहरुलाई अवसरमा रुपान्तरण गर्दै लिएर जानुपर्ने हामी सबैको प्रथम कर्तव्य रहेको बताउनुभयो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *