प्रदेशको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन आवश्यक : अध्यक्ष डा.दत्त

!मधेशी आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूले प्रदेश-०२ का प्रहरी प्रमुख प्र.ना.महानिरीक्षक सग प्रदेश-२ को समग्र सुरक्षा अवस्था बारे जानकारी लिनुभयो । प्रदेशमा निरन्तर दलितको मृत्यु, बढदो क्रममा रहेको विभिन्न घरेलु हिंसाहरुको बारे प्रहरीले के-कस्तो कारवाही गरेको र त्यस्ता अपराधीक क्रियाकलापहरुलाई रोक्न कस्तो रणनीति बनाएको बारे समेत जानकारी लिनुभयो ।

माननीय अध्यक्षज्यूले आयोगमा यस्ता उजुरीहरु धेरै आएको र सो उजुरीहरु माथी आयोगले आवश्यक प्रक्रिया अगाडी बढाएको र यस्ता घटनाहरुमा आयोगले न्याय दिलाउनको लागि सधै सहकार्य र समन्वय गर्न तयार रहेको समेत बताउनुभयो साथै प्रदेशमा शान्ति सुव्यवस्था कायम गर्न यथाशीघ्र आवश्यक रणनीति समेत बनाएर काम गर्न निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *