सहसचिवमा बढुवाका लागि १५ जना उपसचिवको नाम सिफारिस

काठमाडौं ! सहसचिवमा बढुवाका लागि १५ जना उपसचिवको नाम सिफारिस भएको छ । लोकसेवा आयोगको बढुवा सिफारिस समितिको बैठकले ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा नेपाल प्रशासन सेवाका १५ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस गरेको हो ।

खिमबहादुर रायमाझी, कृष्णबहादुर बस्नेत, सुवासचन्द्र सिवाकोटी, खिमबहादुर कुँवर, जयबहादुर भण्डारी, विष्णुप्रसाद पौडेल, विनोद लामिछाने, रामबाबु पुरी र केशवराज ढकालको नाम सहसचिवका लागि सिफारिस भएको छ ।

त्यस्तै, सिफारिस हुनेहरुमा कमानसिंह खत्री, विष्णुप्रसाद ज्ञवाली, नारायण ढकाल, गोपाल कोइराला, पुष्कर न्यौपाने र मिमांस अधिकारी पनि रहेका छन् ।

अब मन्त्रिपरिषद् बैठकले निर्णय गरेर सिफारिस भएकालाई बढुवा गर्नेछ ।