काठमाडौं । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालको लायन वर्ष २०२६÷०२७ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा लायन रत्नप्रसाद पराजुलीले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी चयन प्रक्रिया अन्तर्गत उनले उम्मेदवारी दर्ता गरेका हुन् ।
त्यस्तै, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदका लागि लायन किशोर बराल र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदका लागि लायन बलराम सुवेदीले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । कार्यक्रममा सहभागी लायन सदस्यहरूले तीनै जना लिडरलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
अन्तर्राष्ट्रिय पूर्व डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटीको उपस्थितिमा भएको मनोनयन कार्यक्रमको अध्यक्षता नोमिनेशन कमिटी चेयरपर्सन पीएमसिसी लायन गिरधारी शर्माले गरेका थिए भने फेलोशिप कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ काठमाडौंका अध्यक्ष लायन विकास खनालले गरेका थिए । कार्यक्रममा विशेष अतिथिका रूपमा एलसिआइएफ एरिया लिडर तथा आईडी इन्डोर्सी राजन लम्साल र पोखरा महानगरपालिकाका प्रमुख तथा डिष्ट्रिक्ट ३२५ एम नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर लायन धनराज आचार्य सहभागी रहेको सचिव विकास भुर्तेलले जानकारी दिए ।
त्यसैगरी डिष्ट्रिक्ट गभर्नर धनिराम बरालसहित डिष्ट्रिक्ट ३२५ एम नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नरहरू भिमलाल पौड्याल, महेन्द्र पौडेल, चण्डीप्रसाद अर्याल, पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, डिष्ट्रिक्ट ३२५ आई नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्साल, आर नेपालका डिष्ट्रिक्ट गभर्नर नवराज सापकोटा तथा डिष्ट्रिक्ट ३२५ एम नेपालका पदाधिकारीहरू तथा विभिन्न क्लबका क्लब अफिसरहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
लायन विकास भुर्तेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य लायन्स क्लब अफ काठमाडौंका पूर्व अध्यक्ष विष्णुबहादुर सिंह र धन्यवाद ज्ञापन लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीका पूर्व अध्यक्ष चुडामणि बरालले गरेका थिए ।
