लाइसेन्सको अवधि १० वर्ष पु-याउन सरकारलाई दबाब

काठमाडौं। सरकारले नयाँ तथा नवीकरणको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कार्ड वितरण गर्न वर्षौ लगाउन थालेपछि नवीकरण अवधि बढाउन दबाब बढेको छ ।

सरोकारवाला निकाय तथा सेवाग्राहीले लाइसेन्स नवीकरणको अवधि पाँच वर्षदेखि बढाएर १० वर्ष पु¥याउनुपर्ने आवाज उठाएका छन् । सेवाग्राहीबाट लाइसेन्स नवीकरण अवधि बढाउन माग बढेपछि यातायात व्यवस्था विभागले अनौपचारिक रूपमा यस विषयमा छलफलसमेत अघि बढाएको छ ।

विभागले हरेक १०÷१० वर्षमा लाइसेन्स नवीकरण गर्ने विषयमा छलफल गरे पनि निर्णय भने नभएको पाइएको छ । लाइसेन्सको अवधि बढाउन यातायात व्यवस्थासम्बन्धी ऐनलाई संशोधन गर्नुपर्नेहुन्छ । जसका लागि विभागको सिफारिसमा मन्त्रालयबाट ऐनको मस्यौदा मन्त्रिपरिषद् हुँदै संसद्बाट पारित गर्नुपर्नेहुन्छ ।

विभागले यातायात व्यवस्था ऐन २०४९ लाई खारेज गरेर वा संशोधन गरेर समयानुकूल परिमार्जन गर्ने तयारी भने गरिरहेको पाइएको छ । पुरानो ऐनलाई संशोधन गर्ने क्रममा लाइसेन्सको अवधि बढाउने विषयमा पनि छलफल भइरहेको पाइएको हो ।

विभागका महानिर्देशक नमराज घिमिरेले सेवाग्राहीले लाइसेन्स नवीकरणको अवधि पाँच वर्षबाट बढाएर १० वर्ष पु¥याउनुपर्ने चाहना व्यक्त भए पनि यस विषयमा कुनै निर्णय नभएको बताएका छन् । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *