काठमाण्डौको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम

काठमाण्डौ – काठमाण्डौको न्यूनतम तापक्रम आज यस वर्षकै सबैभन्दा कम मापन भएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस रहेको मौसमविद् मन्जु बासीले बताउनुभयो ।

हिजोको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस थियो । आज अधिकतम तापक्रम पनि १९ देखि २१ डिग्री सेल्सियसम्म रहने अनुमान गरिएको छ । न्यूनतम र अधिकतम तापक्रम घट्दा बिहान बेलुका चिसो बढ्दै गएको छ ।  रातिको मौसम सफा हुँदा न्यूनतम तापक्रम घट्छ भने बादल लाग्दा अधिकतम तापक्रम घट्छ ।

देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ । अहिले बिहान लागेको हुस्सु, कुहिरो बिस्तारै हट्दै गइ घाम लाग्ने मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । अहिले तराई क्षेत्रमा पनि बिहान बाक्लो हुस्सु लाग्ने क्रम बढेको छ । अब पहाडी जिल्लामा हुस्सु पनि बढ्दै जाने मौसमविद् बासीले बताउनुभयो ।

उहाँका अनुसार आज काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम आंशिक बद्ली रहने छ । यस्तै, भोलि भने पश्चिमी क्षेत्रमा बादल लाग्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ । भोलि  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुने मौसमविद्ले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *