प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिनु हुने

काठमाडौँ- कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने र साउन १५ गते भित्रमा ६ वटा प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकले साउन ६, ७, ८, १३, १४ र १५ गते प्रतिनिधि सभाको बैठक बस्ने निर्णय गरेको हो । ६ गते विश्वासको मत लिने प्रधानमन्त्री ओलीले ७ गते प्रत्यक्ष प्रश्नोत्तर गर्ने, ८ गते मन्त्रालय गत प्रश्नोत्तर गर्ने कार्यतालिका समेत तय गरेको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले परामर्श समितिका साथै विभिन्न विषयगत तथा संसदीय समितिमा रिक्त भएका पदका लागि तत्काल नाम सिफारिस गर्न ध्यानाकर्षण गराउनुभएको बैठकमा सहभागी नेताहरुले जानकारी दिनुभयो ।

यस अघि बिहिबार सभामुख घिमिरेले मुख्य सचेतकका साथै सचेतकहरुसँगपनि छलफल गर्नुभएको थियो ।