प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीको दावी पेश : आइतबार नियुक्ति हुने

काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा नियुक्तिको लागी राष्ट्रपति समक्ष दावी पेश गर्नु भएको छ।
राष्ट्रपतिवाट नयाँ सरकार गठनको लागी आह्वान भए लगतै नेपाली कांग्रेसका र एमालेका नेतहरु राष्ट्रपति कार्यालय पुग्नु भएको थियो ।

कांग्रेस सभापति शेर बहादुर देउवा सहित राष्ट्रपति कार्यालय पुग्नु भएका एमाले अध्यक्ष ओलीले कांग्रेस र एमालेका १ सय ६५ सासंदहरुको हस्ताक्षर पेश गर्नु भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनु भयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार नयाँ सरकार गठनका लागी आइतवार साँझ ५ बजे सम्मको समय दिएर प्रधानमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नु भएको थियो ।