एमाले रूपन्देहीको अधिवेशन अध्यक्ष ओलीले आज उद्घाटन गर्नु हुँदै

काठमाडौं ! नेकपा (एमाले) रूपन्देहीको १०औं अधिवेशन आज (बुधबार)देखि शुरू हुँदै छ । भैरहवास्थित सिद्धार्थ भिलासा होटलमा हुने अधिवेशनको आज दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले अधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिए । ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, पदमा अर्याललगायत नेताहरू पनि अधिवेशनमा सहभागी हुँदैछन् ।

अधिवेशनको लागि ८५३ जना प्रतिनिधि छनोट भएका छन् । जिल्ला नेतृत्वको लागि वर्तमान अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे र उपसचिव चित्रबहादुर कार्की प्रतिस्पर्धामा छन् ।