सुहाङलाई बधाई दिँदै अध्यक्ष ओलीले दिनुभयो इलामेली मतदातालाई धन्यवाद

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम-२ मा फराकिलो अन्तरले विजयी भएका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिनु भएको छ।

इलाम-२ मा नेपाली काँग्रेसका डम्बर खड्कालाई ५८३० मतले पछि पार्दै प्रतिनिधि सभा सदस्यको यात्रा तय गरेका सुहाङलाई ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिनु भएको हो । अध्यक्ष ओलीले इलामका मतदातालाई सुहाङलाई विजयी गराएको भन्दै धन्यवाद पनि दिनुभयो।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिर्दै यस्तो लेख्नु भएको छ,‘ इलाममा सुहाङ,

हार्दिक बधाई !!

इलामका मतदातालाई धन्यवाद !!

मैले अस्ति चुलाचुली पुग्दा सुहाङलाई सोधेको थिएँ – कति भोटले जितिन्छ?

सुहाङ्ले भन्नु भएको थियो-इलामेली जनतालाई सोध्नु पर्छ।

आज अन्तिम परिणाम आयो – ५८३० मतान्तरले जीत भयो ।

हाम्रो पार्टीले नेतृत्वमा युवाहरूलाई अघि सार्दै आएको छ,  आशालाग्दा युवाहरूलाई अझ अगाडि बढाउँदै जाने छ।

फेरि बधाई सबै इलामेलीलाई !!